तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदको प्रारम्भसँगै चट्याङसहित वर्षाहुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हिउँदको प्रारम्भसँगै मौसम सुधार हुँदै गएको छ । मुलुकको विभिन्न ठाउँमा प्राय: भइरहेको वर्षा केही दिनदेखि कम भएको छ । जल तथा मौसम विभागले वर्षा क्रमिक रुपमा घट्दै जाने बताएको छ ।

विभागले केहीदिन मुलुकको विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने उल्लेख गरेको छ ।  विभागले मौसम सम्बन्धी ३ दिने यस्तो सूचना निकालेको छ ।

भदौ ३० गते सोमबार
देशभर सामान्य बादल लाग्नेछ । केहही ठाउँमा मेघगर्जन चट्टयाङसहित हल्का तथा मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

भदौ ३१ गते मंगलबार
देशभर आंशिक बादल लाग्नेछ । केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित सामान्य वर्षा हुने सक्नेछ ।

असोज १ गते बुधबार
देशभर छिटफुट बादल देखिनेछ । मुलुकको केही स्थानमा सामान्य वर्षा हुनेछ । पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button