तपाईँ सुन्दै हुनुहुन्छः

सबै क्लस्टरमा ५० प्रतिशत महिला आरक्षण हुनु पर्नेमा सांसदहरुको जोड

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आरक्षण सम्बन्धी व्यवस्थाको सवै क्लष्टरमा ५० प्रतिशत महिला सहभागिता गराउन कुनै अप्ठेरो मान्नु पर्ने अवस्था नरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा मन्त्री पण्डितले संविधानमा व्यवस्था गरिएको १४ वटै समुहमा आरक्षणका लागि व्यवस्था गर्न अहिले संभव नभएकाले हालसम्मको अभ्यासका अधारमा क्लष्टर व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

छलफलमा सांसदहरुले आरक्षणको सवै समुहमा ५० प्रतिशत महिला सहभागिताको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँहरुले आरक्षण समुहमा खस आर्य समुह पनि थप गर्नु पर्ने तथा महिला आरक्षण समुह हटाएर सबै समुहमा ५० प्रतिशत महिला सहभागिताको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।

संविधान अनुसार कानुनमा ४९ प्रतिशत अरक्षण सम्बन्धी विशेष व्यवस्था गर्नै पर्नेमा पनि सांसदहरुले जोड दिनुभयो ।
समितिमा एक पटक मात्रै आरक्षणको व्यवस्था गर्नु पर्ने, आरक्षण सिटमा पदपूर्ति हुन नसके सिधै खुल्लामा नगई आरक्षण कोटा कै अन्य समुहबाट बढी अंक ल्याउने ले प्रवेश पाउनु पर्ने लगायतका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button