तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको बर्षाले रानिमहल सडक अवरुद्ध, सिद्धबाबा सडकखण्ड पनि खुल्दै बन्द हुँदै

बोली । केही दिनदेखि परेको निरन्तर वर्षका कारण पहिरो खसेपछि तानसेन रानिमहल सडक अबरुद्ध भएको छ ।

तानसेनदेखि रानिमहल जाने बाटोको बैकुन्ठेभिर नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको अस्थायी प्रहरी चौकी रानिमहलका हवल्दार खेम बहादुर जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार आज खसेको पहिरोका कारण रानीहल जाने वाटो अवरुद्ध भएको होे । पहिरोका कारण स्थानीयले आवतजावतमा समेत समस्या परेको स्थानीय बसन्त कुवंरले बताउनुभयो ।

सडक अवरुद्ध भएसंगै रानिमहल घुम्न आउने पर्यटकहरु बिच बाटो बाटै फर्किएका छन । पानी नरोकिएको हुदाँ पहिरो पन्छाउन समस्या भएको जिसीले बताउनुभयो । पानी रोकीएपछि स्थानीयको सहयोगमा सडक सुचारु गरिने प्रहरीले जनाएको छ ।

त्यस्तै सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको सिद्धबाबा नजिकै ढंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।

तिनाउँ गाउंपालिका ३ दोभानको छर्छरे झर्ना नजिकै शनिबार बिहान पहिरो खसेर अवरुद्ध सडक डोजर लागाएर पन्छाएपछि एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडकमा रहेका ठूला ढुंगाहरु पनछाउन बाकी रहेको हुदाँ दुईतफी रुपमा सवारी चलाउन नसकिएको प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीले जानकारी दिनुभयो । आज बिहान साढे ९ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सिद्धबाबा सडकमा बर्षेनी पहिरोका कारण यात्रुहरुले ज्यान गुमाउदै आएका छन । शुक्रबार पनि पहिरोले दुईवटा जीप पुरिदाँ एक युवकले घटनास्थलमै ज्यान गुमाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button