तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकासंग राष्ट्रपति कार्यक्रम

 काठमाडौँ राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपालको भौगोलिक अवस्था र जनताका दुखबारे आफूलाई राम्ररी थाहा भएको उल्लेख गर्दै यसका लागि राज्यसंगै सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मंत्रालयले आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको बालबालिकासंग राष्ट्रपति कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलेको भन्दा बालबालिकाका लागि हरेक किसिमले बातावरण राम्रो बन्दै गएको र त्यस अनुसार बालबालिकाको बिकास पनि हुंदै गएको बताउनुभयो ।

बालबालिकाको जिज्ञासाको जवाफ दिनुुहुदै राष्ट्रपति भण्डारीले भन्नुभयो ”आफूलाई बाल्यकालमा के बन्छु भन्ने कुनै आकांक्षा नरहेको तर देश बन्नुपर्छ भन्ने आकांक्षा भने रहेको थियो ।”

बालबालिका देशका भविष्य भएका, हाल म रहेको पदमा पुग्ने पनि अहिलेका बाबालिकाभित्रै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको बिषय होस् वा अन्य कुनै बिकासको कुरा त्यसलाई नारामा मात्र सिमित राखेर मात्र नहुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले हामीले असल नागरिक उत्पादन गर्नसके देशमा समृद्धि र सुशासन आफै आउने पनि बताउनुभयो ।

कायक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँं थापाले बाल अधिकारको सुनिश्चितता गर्दै बाल बिकासका कार्यमा सरकार लागिरहेको बताउनुभयो ।

त्यस अबसरमा सहभागी बालबालिकाले देश बनाउन हामी जुट्नेछौँ भन्ने बोलको देशभक्तिपूर्ण गीत पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशका ७ वटै प्रदेशबाट गरी ४० जना बालबालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button