तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु

काठमाडैं ।  हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भएको छ ।
आश्विन कृष्ण पक्षमा सुर्य कन्या राशिमा बसेको बेला पितृका निम्ति पर्वजस्तै हुन्छ भनी धार्मीक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।

पितृपक्षको तिथिमा आफ्ना दिवङ्गत पितृहरुलाई श्रद्धासाथ अन्नजल अर्पण गरिने हुदा सोह्रश्राद्धको विशेष महत्व रहेको छ ।

ठूला चाडपर्व , यज्ञ आदि सम्पादन गर्नुभन्दा पहिले पितृपूजा गर्ने हाम्रो परम्परा अनुरुप बडादशै र तिहार जस्ता चाडका अगाडी पर्ने सोह्रश्राद्धले हामीलाई पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि पनि गराउछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध आजदेखि सुरु भएर आगामी औसी तिथिसम्म कायम रहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button