तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ताको दर तय

काठमाडौं । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भक्ताको दर तय गरेको छ ।

अर्थ मन्त्रालयले जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको दर राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुभयो ।

७० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकले १ हजार उपचार खर्च सहित मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने महानिर्देशक काफ्लेले बताउनुभयो ।

नयाँ समाजिक सुरक्षा भत्ता दर अनुसार एकल र विधवा महिलाले मासिक २ हजार, पूर्ण अपाङ्गगता भएकाले मासिक ३ हजार, अति अशक्त अपांगता भएकाले मासिक १ हजार ६ सय, लोपोन्मुख आदिवासी जनजातिले मासिक ३ हजार र बालकालिका बाल संरक्षण अनुदान मासिक ४ सय रुपैयाँ कायम भएको छ ।

समाजिक सुरक्षा भत्ता वितरणलाई अझ व्यवस्थित र सहज बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुभयो ।

चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता आगामी असोजमा सबै स्थानीय तहबाट वितरण हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button