तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड विपरित क्रसर उद्योग सञ्चालनमा, सम्वन्धित निकाय मौन

तनहुँ   तनहुँमा रहेका सबै क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग एक दर्जन रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ ।

कुनै पनि क्रसर उद्योगले मापदण्ड पुरा नगरेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । क्रसर उद्योगले २०७२ सालदेखि नविकरण समेत नगरेको जानकारी ढकालले दिनुभयो । उहाँका अनुसार मापदण्ड अनुरुप सञ्चालन गर्न पटक पटक पत्राचार गरेपनि उद्योगहरुले बेवास्ता गरेको पाइएको छ । क्रसर उद्योग सँग सम्वन्धित समस्या राष्ट्रव्यापी भएकाले पनि उद्योग नै बन्द गर्न भने नसकिएको ढकाल बताउनुहुन्छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका २ मा रहेको खनाल गिटी बालुवा उद्योग, दुलेगौडा ३ को क्वालिटी एग्रिगेट एण्ड क्रसर उद्योग प्रा.लि.सोही ठाउँको यशो शान्ति कंक्रिट स्टोन, सिद्धेश्वर एग्रिगेट एण्ड कंक्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, हारती एग्रिगेट इन्डष्ट्रिज, साविककै छाङ गा.वि.स. ९ को ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज मापदण्ड विपरित सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै जिल्लाकै आँबुखैरेनी ६ को एस जि रोडा ढुंगा उद्योग, शुक्लागण्डकी ७ को शिवशक्ति ढुंगा बालुवा क्रसर उद्योग, साविक छाङ ४ को सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग, अवैधानिक ढंगबाट सञ्चालन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button