तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर ३ को मृत्यु, ४ बेपत्ता, ४ को उद्दार

तुलसीपुर । रोल्पा र पाल्पामा गएको पहिरोमा पुरीएर ३ जनाको मृत्यू भएको छ । रोल्पामा दुई र पाल्पामा १ जनाको मृत्यू भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुशार रोल्पाको थबाङ गाउँपालिका छेर्लामा कमल बुढाको घर गएराती पहिरोले पुरिएको थियो । पहिरोमा परी पहिराबोट २७ बर्षकी शीर कुमारी बुढा र उनका ४ चार बर्षका छोरा असल बुढाको मृतयू भएको छ । उनीहरुका् शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । पहिरोमा अझै ४ जना पुरिएको हनु सक्ने प्रहरीले आंका गरेको छ । पहिरो गएको घरमा ६ जना बस्दै आएका थिए ।

‘एक बजे राती ठूलो आवाज आएको स्थानीयले सुनेछन्,’ प्रनाउ गुरुङले भने–‘ प्रहरीलाई भने विहान जानकारी आएपछि प्रहरी अहिले घटनास्थलमा पुगेर उद्धारमा लागेको छ ।’ उद्धार कार्यक्रमा थबाङ, डाडाँगाउँ, कुरेलीबाट गएको प्रहरी टोली र स्थानीयहरु जुटेका छन् । विकट ठाउँ भएकाले सम्पर्कमा कठिनाई भइरहेको प्रहरीले बताएको छ । पहिरो ठूलो गएकाले पन्छाउन केही समय लाग्ने भएको छ ।

पहिरोमा गाडी पुरिदा एकको मृत्यु
त्यसैगरी पाल्पाको सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा नजिकै दुईवटा जिप पहिरोमा पुरिदा एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।

मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेको हो ।
अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button