तपाईँ सुन्दै हुनुहुन्छः

साताको अन्तिम दिन,फेरि घट्यो सुनको भाउ

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

बिहीबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आज प्रतितोला २ सयले घट्दै ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको पनि मूल्यमा प्रतितोला २ सयले घट्दै ७० हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला ८ सय ७५ रुपैयाँ रहेको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button