तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १२ जनामा डेँगु संक्रमण

भदौ -पर्वत जिल्लामा १२ जनामा डेँगु संक्रमण भएको छ । हिजो पर्वत अस्पतालमा उपचारमा आएका एकजनामा डेँगु रोग देखिएपछि संक्रमितको संख्या १२ पुगेको हो । । जिल्ला अस्पतालमा रोगको शंका लागेर उपचारका लागि आएका एकजनामा ल्याव परिक्षण गर्दा डेँगु रोग लागेको पत्ता लागेको हो । विरामीको नाम, ठेगाना भने अस्पतालले खुलाएको छैन । अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार ति विरामीलाई अहिले अस्पतालमा भर्ना गरेर राखिएको छ ।

अस्पतालमा हालै डेँगु जाँचका लागि ल्याव सञ्चालन गरिएको छ । यसअघि पोखरा , काठमाण्डौ रिफर हुँदै आएका थिए । रिफर भएका ११ जनामा डेँगु पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर देवकोटाले जानकारी दिनुभयो । विरामीको उपचारको क्रममा दुई तरिकाले रोगको पहिचान हुने गरेको छ । डाक्टर देवकोटाका अनुसार विरामीमा देखिने लक्षणको आधारमा र ल्याव परिक्षणका आधारमा रोगको पहिचान हुने गरेको छ ।

पर्वत अस्पतालमा डेँगुको आशंकामा उपचारका लागि दैनिक २० देखि ३० जना व्याक्तिहरु आउने गरेका छन् । डेँगुको संक्रमण बढ्न नदिन जिल्ला अस्पतात , कुश्मा नगरपालिका, प्रहरी लगायतले सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्लाभर लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भैरहेको छ । अनुगमन र सचेतना अभियान गाउँ गाउँमा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button