तपाईँ सुन्दै हुनुहुन्छः

आज बिहिबार यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं – आज बिहिबार देशका केहि स्थानको मौसममा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित देशका केहि स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ ।

 

आज देशको पहाडि भेगका केहि स्थानको मौसममा बदली भई हल्का देखि मध्यम पानी पर्ने मौसमबिद्ले जनाएका छन् । त्यस्तै आज देशको मध्य तथा पश्चिम क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको छ । देशको मध्य तथा पश्चिमका केहि स्थानमा भने मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button