तपाईँ सुन्दै हुनुहुन्छः

नाजेझ्दा कपको उपाधिका लागी आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं – नादेझ्दा कप अन्तर्गतको फाइनल खेलमा आज नेपालले उज्वेकिस्तासँग खेल्दैछ । किर्गीस्तानमा जारी उक्त नादेझ्दा कपको फाइनल खेलमा आज नेपाली समयअनुसार दिउँसो ३ : ४५ मा नेपाल र उज्वेकिस्ता भिड्नेछन् ।

यसअघि उज्वेकिस्तानसँग हार बेहोरी सकेको नेपालले आज भने जित्नै पर्नेछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने उक्त खेल मा नेपालले उपाधि हात पर्ने अपेक्षा गरिएको छ । फिफा र्याङ्किङमा नेपाल १०१ औं स्थानमा छ । त्यस्तै उज्वेकिस्तान भने ४४औं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button