तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु सार्वजनिक

काठमाडौँ।शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।

आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button