तपाईँ सुन्दै हुनुहुन्छः

यू–१६ टोली बिहीबार जोर्डन जाँदै

अजय बम । जोर्डनमा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली विहीबार त्यसतर्फ जाँदैछ । प्रतियोगितामा सहभागी टिमको बुधवार विदाइ गरिएको हो ।

एन्फाले जोर्डन जाने २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले विदाई गर्नुभयो ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । जसमा जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका छन् ।

नेपालले भदौ २८ गते पहिलो खेलमा जोर्डनसँग खेल्नेछ र दोस्रो खेल ३० गते कुवेत विरूद्द खेल्नेछ भने तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समुहको अन्तिम खेलमा नेपालले असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button