तपाईँ सुन्दै हुनुहुन्छः

इन्धनको आयात सहज, मुल्य घटेसँगै उद्योगी व्यवसायी र सर्वसाधारण लाभांवित

बीरगंज– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मंगलवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएपछि इन्धनको आयात सहज भएको छ ।

पेट्रोल ढुवानीका लागि कोसेढुंगा मानिएको ६९ किलोमीटर लामो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा गरेसँगै अहिले पाईप मार्फत पहिलो चरणमा डिजलको आयात शुरु भएको छ ।

पाइपलाइनको निर्माणपछि ढुवानी बापत बार्षिक एक अर्बभन्दा बढी रकम जोगिने आयल निगमले जनाएको छ । पाइपलाइनको सञ्चालन भएसँगै भारतको रक्सौल नाकामा हुने सडक जामको समस्या समेत हटेको छ भने पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समाप्त भएको आयल निगमले जनाएको छ । 

नेपालमा डिजलको माग धेरै भएकाले पाइपलाइनबाट शुरूमा डिजेल आयात गरिने र डिजल पछि पेट्रोल, मट्टितेल र हवाई इन्धन समेत पाईपलाईन मार्फत आयात गरिने नेपाल आयल निगमले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन दक्षिण एशियामै पहिलो अन्तरदेशीय पाइपलाइन भएको बताईएको छ ।
पाइपलाइनबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर अर्थात् २ लाख ९४ हजार लिटरका दरले डिजेल आउने नेपाल आयल निगम अमलेखगंजका प्रमुख प्रदिप यादवले बताउनुभयो ।

आयल निगमले मोतिहारीबाट आउने तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ ओटा र ३९ लाख लिटर क्षमताका २ ओटा गरी १ करोड ६० लाख लिटर अट्ने चारओटा ट्यांकी अमलेखगञ्जमा निर्माण गरेको यादवले बताउनुभयो ।

पाइपलाइनको निर्माणपछि ढुवानी बापत बार्षिक एक अर्बभन्दा बढी रकम जोगिने आयल निगमले जनाएको छ । पाइपलाइनको सञ्चालन भएसँगै भारतको रक्सौल नाकामा हुने सडक जामको समस्या समेत हटेको छ भने पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समाप्त भएको आयल निगमले जनाएको छ ।

पाइप मार्फत तेल आउन थालेपछि निगमले मंगलवार नै पेट्रोलियम पदार्थ– डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रति लिटर २ रुपैयाको दरले घटाएको छ । यसबाट उद्योगी व्यवसायि तथा सर्वसधारण लाभांवित भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button