तपाईँ सुन्दै हुनुहुन्छः

मिडिया कम्युनिटी काउन्सिल गठन

काठमाण्डौ । चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनामा आबद्ध राष्ट्रका सञ्चार संस्थाहरुको संगठन बेल्ट एण्ड रोड इनिसिएटिभ मिडिया कम्युनिटी फोरमको सम्मेलन मंगलबार चीनको राजधानी बेइजिङमा सम्पन्न भएको छ ।

४० राष्ट्रका ८० भन्दा बढी सञ्चार संस्थाका करीब पाँच सय प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले २९ सदस्यीय बेल्ट एण्ड रोड इनिसिएटिभ मिडिया कम्युनिटी काउन्सिल गठन गरेको छ ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभसँग आबद्ध राष्ट्रहरुकाबीच आपसी सहयोग, समृद्धि र शान्ति प्रबद्र्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सञ्चारमाध्यमहरुको यस्तो मञ्च बनाइएको हो ।

सम्मेलन अन्तर्गतको बेल्ट एण्ड रोड न्युज एलाइन्सको बैठकलाई सम्बोधन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले काउन्सिल गठनबाट यस क्षेत्रका सञ्चारमाध्यमहरुकोे यस्तो संगठनले आपसी सहयोग आदान प्रदानमार्फत् समाचार तथा कार्यक्रमलाई थप व्यवसायिक र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button