तपाईँ सुन्दै हुनुहुन्छः

जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा

सागर परियार, जुम्ला । जुम्लाको पातारासी क्षेत्रमा छन्चरी हाल्ना जडिबुटी प्रशोधन उधोग सञ्चालनमा आएको छ ।

उद्योगको कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले केही दिन अघि उदघाटन गर्नु भयो ।

उद्योग उदघाटन गर्दै मन्त्री बुढाले कर्णाली जल जमिन र जडिबुटीमा धनी भएपनि उचित व्यवस्थापन प्रशोधन र बजारीकरणको अभावले कर्णाली गरिब हुँदै गएको बताउनु भयो ।

जडिबुटी प्रशोधन उद्योगले हाल जटामसिको तेल उत्पादन गरिरहेको छ । उद्योगमा विशेषगरी जटामसि चालिसपत्रे, सुनपाति, देवदयार, सुनपाती लगायत जडिबुटीको तेल उत्पादन हुन्छ ।

उद्योगका अध्यक्ष पुर्णसिंह बोहोराले प्रतिलिटर कम्तीमा ५० हजार रुपैयाँमा बिक्री हुने गरेको र हालसम्म १० लिटर जति तेल उत्पादन भएको जानकारी दिनुभयो ।

जटामसिबाट छारे रोगको निदान हुने र पाँचऔले प्रेसरको औषधी हुने, चिराईतो भोजपत्रको तेलबाट क्यान्सर निको हुने भएकोले बाहिरी बजारमा माग बढ्दै गएको उधोगका सचिव मुन बहादुर विकले जानकारी दिनु भयो ।

जडिबुटी उद्योग करिब ४० लाखको लागतमा स्थापनाका भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button