तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम न्यूनिकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आन्तरिक तथा वाह्य सूचना तथा प्रविधि प्रणालीमा देखिएको जोखिम न्यूनिकरण र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

चिनियाँ ह्याकरले सिस्टम ह्याकगरी एटीएमबाट पैसा चोरी गरेपछि समिति गठन गरी अध्ययन गरिरहेको नेपाल राष्ट्र बैंकले बैकिड.क्षेत्रमा प्रयोग भएका सूचना प्रविधिलाई बलियो बनाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो वेबसाईट, मोवइल एप, आधिकारीक सामाजिक सन्जाल तथा सूचना प्रविधि प्रणालीमा साईबर आक्रमण, मालवेर भइरस, रेनसमवेयर जस्ता बाह्य जोखिमलाई सुरक्षित गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना चोरी तथा चुहावट, आर्थिक जोखिमलाई नियन्त्रण गर्न प्रविधिक पक्ष सुदृढ गर्ने व्यवस्था गर्न, अद्यावधिक गर्न, सूचना आदान प्रदान गर्न, भुक्तानी आदेश गर्दा एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गर्न निर्देशन दिएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुको आईटी प्रणालीको सेक्युरीटि अडिट गरी त्यसबाट देखिएको समस्यालाई सम्बोधन गर्न अन्तराष्ट्रिय अभ्यास अनुरुपको पूर्व सक्रियता व्यवथापन गर्न र कर्मचारी तथा प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button