तपाईँ सुन्दै हुनुहुन्छः

नादेझ्दा कप:सावित्राको गोलमा नेपाल फाइनलमा

काठमाडौं । नेपाल किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १=० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ८५ मिनेटमा गोल गरेकी हुन् ।

लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button