तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ चालक कारवाहीमा

अमरगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ ।

आव २०७६/०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप/कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् ।

ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो।

गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको उनले बताए । गत वर्षको तुलनामा यो आवमा डेढ महीनाको अवधिमा रु चार लाखसम्म बढी राजश्व सङ्कलन भएको खत्रीले बताउनुभयो ।

पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् । चालकको लापरवाहीले दुर्घटना बढेका उनको भनाइ छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी बढी कारवाहीमा परेका जनाइएको छ । नियम विपरीत चलाइएका सवारीलाई घटनाको प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसमम जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

साउन र भदौमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खत्रीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button