तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–चीनबीच तीनवटा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबिच विभिन्न तीनवटा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच भएको द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्तापछि आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा सहयोग सम्बन्धी सम्झौतामा अर्थ सचिव डाक्टर राजन खनाल र चीनका विदेश सचिव लु झाउले हस्ताक्षर गर्नुभयो ।

प्रतिनिधि मण्डलस्तरीय वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षा, चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरणलगायतका विषयमा छलफल भएको छ ।

आज भएको वार्तामा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चिनियाँ पक्षको नेतृत्व चीनका विदेशमन्त्री वाङ यीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button