तपाईँ सुन्दै हुनुहुन्छः

सडक अवरुद्ध बनेपछि स्याउ बारीमै थन्किए

बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक अवरुद्ध बनेपछि किसानका करोडौ मूल्य बराबरका स्याउ बारीमै थन्किएको छ ।

वर्षात्का कारण सडक अवरुद्ध भएपछि ढुवानी समस्याका कारण जिल्लाको स्वामिकात्तिक र जगन्नाथ गाउँपालिकाका किसानले ठूलो मात्रामा उत्पादन भएको स्याउ विक्री गर्न पाएका छैनन् ।

स्याउको उचित बजार नभएको र मार्तडी कोल्टी सडक समेत बन्द भएपछि किसानले करोडौं मूल्य बराबरको स्याउ बारीमै थन्क्याउनु परेको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिनुुभयो ।

जिल्लाका २३० हेक्टर जमिनमा गरिएको स्याउ खेतीबाट एक हजार ५० मेट्रिक टन स्याउ उत्पादन हुने तथ्याङ्क रहेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button