तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशबाट रासस बुलेटिन प्रकाशन गर्ने योजना

धम्बोझी- राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले नेपालगञ्जस्थित रासस कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा महाप्रबन्धक शर्माले कार्यालयको सेवा प्रवाहको अवस्था, भौतिक पूर्वाधार, कर्मचारीको व्यवस्थापनलगायत विषयमा जानकारी लिनुभएको थियो ।

महाप्रबन्धक शर्मालाई कार्यालयका प्रमुख नीरज गौतमले रासस कार्यालय नेपालगञ्जवाट भइरहेका सेवाप्रवाह र अन्य वस्तुगत अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।
त्सअवसरमा महाप्रबन्धक शर्माले अनुशासन र नियमको दायरामा रहेर राससका कर्मचारी तथा पत्रकारलाई काम गर्न निर्देशन दिँदै कार्यालयको भौतिक पूर्वाधार र सेवा प्रवाहलाई समयसापेक्ष सुधार गर्दै लगिने बताउनुभयो ।
उहाँले प्रदेशस्तरवाट रासस बुलेटिन प्रकाशन गर्ने योजना प्रक्रियामा रहेको जानकारी दिँदै यसका लागि आवश्यक स्रोत तथा जनशक्तिको व्यवस्था चाँडै हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button