तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–चीनबीच औपचारिक वार्ता शुरु

काठमाण्डौ – नेपाल र चीनबीच अहिले काठमाण्डौमा द्विपक्षीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको याक एण्ड यती होटलमा जारी वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका तर्फबाट चिनिया विदेशमन्त्री वाङ यीले नेतृत्व गर्नुभएको छ ।

चिनिया विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणमा हिजो साँझ काठमाण्डौ आइपुग्नुभएको हो । चिनिया विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दै हुनुहुन्छ ।

चिनिया विदेशमन्त्री वाङको सम्मानमा आज बेलुका परराष्ट्रमन्त्री ज्ञवालीले रात्रीभोजको आयोजना गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button