तपाईँ सुन्दै हुनुहुन्छः

५६ जिल्लामा डेंगुको महामारी, कहाँ कति जनामा देखियो संक्रमण ? (हेर्नुहोस् सूचिसहित)

काठमाडौँ –  मुलुकका ५६ जिल्लामा ३ हजार ८ सय ९९ जनामा डेंगुको संक्रमण देखिएको छ भने ६ संक्रमितको निधन भएको इपिडिमियोलो तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो तथ्यांक गएको साउन १ गतेदेखि यही भदौ २२ गते आइतबारसम्मको हो ।महाशाखाका अनुसार देशभर करिब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ।

उपत्यकामा २ सय ५४ मा डेंगु
महाशाखाका अनुसार हालसम्म उपत्यकामा दुई सय ५४ जनामा डेंगु भएको प्रमाणित भएको छ।  माहाशाखाका अनुसार यो संख्या टेकु अस्पताल उपत्यकाको अन्य सरकारी अस्पतालमा आएका बिरामीको मात्र भएको बताएको छ।

कहाँ कति जनमा देखियो डेंगु संक्रमण ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार गएको साउन १ गतेदेखि यही भदौ २२ गते आइतबारसम्म मुलुकका ५६ जिल्लामा ३ हजार ८ सय ९९ जना डेंगु संक्रमित भेटिएका छन् । सुनसरीको धरानबाट फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा देखिएको छ । आइतबारसम्म प्रदेश नं. १ मा ९ , प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १२, गण्डकी प्रदेशमा १०, प्रदेश नं. ५ मा ११, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको महाशाखाले जनाएको छ । यस्तै काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना गरी ६ जना डेंगु संक्रमितले ज्यान गुमाएका छन् ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।यो तथ्यांक सरकारी अस्पतालमा उपचारको लागि आएकाकाको मात्र रहको माहाशाखाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button