तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि काठमाण्डौमा सुविधायुक्त बिजुली बस, कुन कुन रुटमा चल्छ ?

 

काठमाण्डौ –  आजबाट काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा चारवटा बिजुलीबाट चल्ने बस चल्ने भएको छ । काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याए लगत्तै अब काठमाण्डौको सडकमा बिजुली बस चल्ने भएको हो ।

कम्पनीका अनुसार पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म,चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने उक्त बिजुली बस ४० सिट र ३५ सिट गरी दुई खालको रहेको जनाइएको छ । उक्त बसमा ३० जना यात्रु बसेर र बाकीँ उभिएर पनि आराम साथ यात्रा गर्न मिल्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button