तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

झापा ।  खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाकोमृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपलचोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बि.क. रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पा, फलामको अन्य सामान बनाउने काम गर्दै आइरहेका विकले शनिवार अपरान्ह खुर्पा बनाउँदै गर्दा अचानक ग्यालेन्डरको पछाडिको भागको नट फुस्किदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भई उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटल लगिएकोमा उपचारकै क्रममा बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button