तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा क्षेत्रबाट ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन

संखुुवासभा । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ ।

कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा नकुहिने फोहर जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहर उठाएको कम्पनीका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिनुभयो । उहाँले यही सेप्टेम्बर महीनाभित्र थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर जम्मा गर्ने र ‘एयरलिफ्ट’ गरेर काठमाडौँ ल्याउने योजना रहेको बताउनुभयो ।

पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्न भएका नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को शुरुआत १७ मार्च २०१८ बाट भएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण एसडिजी १५ र जलवायु परिवर्तन एसडिजी १३ सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एयरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट १०० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने लक्ष्य लिएक

प्रतिक्रिया राख्नुहोस्

Back to top button