तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले बाँध र नहर बगाएपछि विद्युत अवरुद्ध

डोल्पा –  गत असार २८ गते काँसिल खोलामा आएको बाढी पहिरोले डोल्पाको मुड्केचुला गाउँपालिका १ मालुवा कुनामा रहेको २८ किलोवाट क्षमताको काँसिल खोला लघु जलविद्युत आयोजनाको बाँध तथा नहर बगाएपछि तीन वटा वडाका ३ सय ५० घरधुरी विजुली बत्तीको सुविधाबाट बन्चित भएका छन । करीव ३ लागतमा बनेको विद्युत आयाजना पूर्ण रुपले बन्द हुदा स्थानीयबासीलाई सास्ती भएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका १ मालुवा कुनामा रहेको २८ किलोवाट क्षमताको काँसिल खोला लघु जलविद्युत आयोजना बाढी पहिरोको कारण बाँध तथा नहर बगाएपछि बन्द भएको छ । उक्त आयोजना अबरुद्ध हुदा वडा नम्बर १, २ र ३ वडाका ३ सय ५० घरधुरी बिजुली बत्ती विहीन मात्र भएका छैनन् दर्जन गाउँ अन्धकारमय भएका छन् ।

आयोजना बन्द भएपछि औल, प्रताप टोल, बाईगाउँ, नमुनाटोल, दमाईटोल, भोटगाउँ, जेठाटोल, सार्कीबाडा, मालुवाकुनाटोल, भोटाऔलटोल, रिडिङ लगाएत गाउँ तथा बस्ती अन्धकार भएको स्थानीयबासी हरीबहादुर शाहीले बताउनु भएको छ ।

बाढी पहिरोले विद्युतमा क्षति र्पुयाएपछि तीन वडाका तीन सय ५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएको मुड्केचुला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर सार्कीले बताउनुभयो । विद्युत आपूर्ति बन्द हुँदा विशेष गरेर वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी लगाएतलाई सेवा प्रवाह गर्न कठिन भएको छ । विद्युत् उत्पादनका लागि पानी ल्याएको बाँध तथा नहर बाढी पहिरोले भत्काएर बगाउदा विद्युत् आयोजना बन्द भएपछि स्थानीयबासीको विजुली बाल्ने  सपना अधुरो रहेको छ ।

पक्की कुलोको जगसमेत बगाएकाले लाखौं रकम भएपनि बनाउन नसकिने अवस्थामा पुगेको र गाउँपालिकाको वजेटले नभ्याउने बताउनु हुन्छ, गाउँपालिकाकी उपाध्यक्ष सविता कुमारी रोकाय । के कसरी मर्मत गरेर विद्युत् सुचारु गराउन सकिन्छ भनेर प्रदेश तथा केन्द्र सरकारसंग वजेटको लागि पहल गर्ने उपाध्यक्ष रोकायको भनाई छ ।

बाढीले विद्युत आयोजनाको ३ सय ५० मिटर लामो पक्की नहर तथा बाँध स्थल ध्वस्त बनाउनुको साथै पोल, तार लाईनमा क्षेती पुर्याएको छ । विद्युत आपुर्ती बन्द भएपछि मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कार्यालयको दैनिक कामसमेत प्रभावित भएको छ भने कुटानी पिसानी, फर्निचर लगायतका घरेलु उद्योग व्यवसाय बन्द मात्र भएका छैनन् गाउँमा खानेपानी, बाटोघाटो, पानी घट्ट, दर्जन खोलाका काठेपुल, ५ भर बगाउनुको साथै भोटाऔलका ४० घरपरिवार पहिरोको उच्च जोखिमा परेका छन ।

असार २८ को बाढीपहिरोले ४ जनाको मृत्यु हुनुको साथै ७ जना अझै वेपत्ता रहेका छन् । सरकारले बाढी पहिरोबाट क्षेति गरिएका भौतिक संरचना निर्माण गर्ने तर्फ जोड दिनु  आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button