तपाईँ सुन्दै हुनुहुन्छः

भारतले जित्यो साफ यू–१५ फुटबलको उपाधी भा

काठमाडौ ।  नेपाललाई पराजित गर्दै भारतले तेस्रोपटक साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गत शनिबार सम्पन्न फाइनल खेलमा भारतले नेपालमाथि ० का विरुद्व ७ गोलको ठूलो अन्तरले पराजित गर्दै भारतले तेस्रोपटक साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

पश्चिम बंगालको कल्याणी रंगशालामा भएको उपाधि भिडन्त पूरै भारतपक्षीय देखिन्थ्यो । नेपालले खेल अवधिभर कुनै पनि समय भारतलाई चुनौती दिन सकेन ।

भारतले यसपटकसहित तीन वटै फाइनलमा नेपाली युवा टोलीलाई हराउँदै उपाधि हात पारेको हो । सिद्धार्थको ह्याट्रिक
भारतको जितमा सिद्धार्थ नग मेकापामले ह्याट्रिक गरे । उनले तीनै गोल दोस्रो हाफमा गरेका थिए । यसअघि समूह चरणमा पनि नेपाल भारतसँग ५–० ले पराजित भएको थियो ।

२०१३ र २०१७ मा नेपाललाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको भारतले यसपटक पनि नेपाललाई नै हराएको हो ।
सन् २०११ मा नेपालबाट साफ यू–१६ को नामबाट सुरु भएको यो सन् २०१७ पछि यसलाई साफ यू–१५ का रूपमा परिणत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button