तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयले पाएको शेयर १ वर्षमा नै बिक्री गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बार्डले विकास आयोजनाका प्रभावित स्थानीयले पाएको शेयर १ वर्षमा नै बिक्री गर्न पाउने व्यवथा गरेको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको तेस्रो शंशोधन मार्फत विगतमा ३ वर्ष सम्म बिक्री गर्न नपाउने व्यवस्थालाई १ वर्षमा झार्ने प्रस्ताव तयार पारी अर्थ मन्त्रालय समक्ष पेश गरेको छ ।

धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियालाई समयानुकुल बनाउन नियमावल्ीाको संशोधन अघि बढाएको र मन्त्रालयबाट पारित हुनासाथ कार्यान्वयन प्रकृयामा जाने नेपाल धितोपत्र बार्डका कार्यकारी निर्दैशक परिष्टनाथ पोडैलले जानकारी दिनुभयो ।

नयाँ नियमावलीमा बुक होल्डिङ विधिबाट पनि कम्पनीहरुले शेयर सार्वजनिक गर्न पाउने व्यवथा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button