तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका १० मध्ये बकैया गाउँपालिकाको वित्तिय प्रगती उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाका १० स्थानीय तह मध्ये आर्थिक वर्ष २०७५÷०७६ मा बकैया गाउँपालिकाले वित्तिय प्रगतीमा उत्कृष्ट प्रगति गरेको छ । स्थानीयहरुहरु मध्ये बकैया गाउँपालिकाले ९६ दशमलव ५ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि विनयोजित बजेट तथा कार्यक्रम अनुसार बकैया गाउँपालिका जिल्लाको उत्कृष्ट वित्तिय कार्य सम्पादन गर्ने स्थानीय तह भएको हो ।

बकैयाको चालुतर्फ ३१ करोड ६६ लाख ९७ हजार वार्षिक बजेट रहेकोमा ३० करोड ३७ लाख ३९ हजार रुपियाँ खर्च गरेको छ भने पुँजीगततर्फ २४ करोड ४८ लाख ८८ हजार रुपियाँ बजेटमा २३ करोड ८१ लाख ९१ हजार रुपियाँ खर्च गरेको छ । बकैयाले चालुतर्फ ९५ दशमलव ९१ प्रतिशत र पुँजीगततर्फ ९७ दशमलव ९२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । मकवानपुरमा ८ गाउँपालिका, १ उपमहानगरपालिका र एक नगरपालिका रहेको छ । बकैयाको यो वित्तिय प्रगती जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा बढि रहेको छ ।

त्यस्तै जिल्लामा वित्तिय प्रगतीमा थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहा नगरपालिकाले चालु तर्फ ९९ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फ ९४ दशमलव ४९ प्रतिशत प्रगती हासिल गर्दै समग्रमा ९४ दशमलव ९३ प्रतिशत प्रगती हाँसिल गरेको छ । थाहा नगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रमका लागि चालु तर्फ ५ करोड २० लाख ५९ हजार विनियोजन गरेकोमा ५ करोड १८ लाख ९४ हजार खर्च गरेको छ भने पुँजीगततर्फ ५६ करोड ३७ लाख १७ हजार रुपियाँ विनियोजन भएकोमा ५३ करोड २६ लाख ७६ हजार रुपियाँ खर्च गरेको छ ।

त्यस्तै राक्सििराङ गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा चालुतर्फ २३ करोड १४ लाख २७ हजार रुपियाँमा १९ करोड ३७ लाख १२ हजार रुपियाँ खर्च सहित ८३ दशमलव ७० प्रगति हासिल गरेको छ । पुँजीगततर्फ भने २४ करोड ६१ लाख ६८ हजार रुपियाँमा २० करोड ४५ लाख ८३ हजार रुपियाँ सहित ८३ दशमलव ११ प्रतिशत प्रगति हासिल गरेको छ । राक्सिराङले समग्र ८३ दशमलव ४० प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो । जिल्लाको मकवानपुर गढी गाउँपालिकाले चालुतर्फ २४ करोड ७२ लाख ६२ हजार रुपियाँमा २२ करोड ७३ लाख ४४ हजार रुपियाँ सहित ९१ द्यशमलव ९४ प्रतिशत प्रगती हासिल गरेको छ । पुँजीगततर्फ २४ करोड ३५ लाख १४ हजार रुपियाँ मध्ये १६ करोड १ लाख ६४ हजार रुपियाँ खर्च गर्दै ६५ दशमलव ७७ प्रतिशत प्रगती हासिल गरेको छ । मकवानपुगढीले समग्र ७८ दशमलव ९५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

त्यस्तै जिल्लाको भिमफेदी गाउँपालिकाले चालुतर्फ २६ करोड ६५ लाख १२ हजारमा २० करोड ६५ लाख ३४ हजार रुपियाँ खर्च गरी चालु तर्फ ७७ दशमलव ५ प्रतिशत र पुँजीगत तर्फ १८ करोड ७४ लाख १९ हजारमा १४ करोड ४९ लाख ५ हजार खर्च गरी ७७ दशमलव ३२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । भिमफेदीले समग्रमा ७७ दशमलव ४२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । यता, जिल्लाको मनहरी गाउँपालिकाले वार्षिक बजेटमा चालुतर्फ २८ करोड ५४ लाख ९९ हजार रुपियाँमा २४ करोड ९३ लाख २९ हजार रुपियाँ खर्च सहित ८७ दशमलवव ३३ प्रतिशत र पुँजीगततर्फ भने २९ करोड ३१ लाख ९६ हजार रुपियाँमा १९ करोड ४९ लाख ९१ हजार रुपियाँ सहित ६६ दशमलव ५१ प्रतिशत प्रगतीसहित समग्रमा ७६ दशमलव ७७ प्रशित प्रगती रहेको छ ।

मकवानपुरमा सबैभन्दा बढि वार्षिक बजेट रहेको हेटौंडा उपमहानगरपालिकाले भने चालु तर्फ योजना बनाएको १ अर्ब ११ करोड २३ लाख १२ हजार मध्ये ९७ लाख ३१ लाख २८ हजार रुपियाँ सहित ८७ प्रतिशत र पुँजीगततर्फ ७६ करोड ६ लाख ६७ हजार रुपियाँ वार्षिक योजना रहेकोमा ४४ करोड ७३ लाख ८ हजार रुपियाँ सहित ५९ प्रतिशत वित्तिय प्रगती सहित समग्रमा कुल ७५ दशमलव ८३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । जिल्लाको विकट कैलाश गाउँपालिकाले चालुतर्फ २३ करोड ८३ लाख ७ हजार रुपियाँ विनियोजन गरेकोमा १७ करोड २५ लाख ३६ हजार रुपियाँ खर्च गर्दै ७२ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ १८ करोड ९५ लाख २७ हजारमा १४ करोड १४ लाख २६ हजार रुपियाँ खर्च सहित ७४ दशमलव ६२ प्रतिशत दर्च गर्दै ७३ दशमलव ३८ प्रतिशत प्रगती हासिल गरेको छ । त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले कुल ११ करोड ६२ लाख ५० हजार रुपियाँ वार्षिक बजेटमा ७ करोड ६४ लाख ४५ लाख खर्च गर्दै ६६ प्रतिशत प्रगति हासिल गरेको छ । भने, जिल्लाको बागमती गाउँपालिकाको कुल ४६ करोड ८९ लाख ९५ हजार रुपियाँ वार्षिक बजेट खर्च तय भएको मध्ये चालु तर्फ ५९ दशमलव १८ र पुँजीगत तर्फ ७४ दशमलव ३६ प्रतिशत खर्च गर्दै ६१ द्यशमलव ७७ प्रतिशत प्रगति गरेको छ । समग्रमा मकवानपुर जिल्लमा यो वर्ष ८४ दशमलव ६७ प्रतिशत वित्तिय प्रगति हाँसिल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button