तपाईँ सुन्दै हुनुहुन्छः

घुस रकम सहित कम्प्यूटर अपरेटर पक्राउ

रन्जन यादब
बारा/ आन्तरिक राजश्व कार्यालय सिमरा बाराका कम्पयूटर अपरेटर सुदिप लामालाई अख्तियारले पक्राउँ गरेको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाको टोलीले सोमवार साँझ नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसंग ४० हजार घुस रकम लिएको भन्दै अख्तियारको टोलील उनलाई साल्ट टे«डिङ्ग अगाडीको खाजा घरवाट लिएको हो । लामो समयदेखि कारोबार नभएको प्यान नम्बर बन्द गर्ने कामकोलागि लामाले घुस लिएका थिए । आरोपित लामा मकवानपुरको छतवन गाउँपालिका वडा नंं.८ निवासी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button