तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउन गएका ३ जना नदीमा डुबेर बेपत्ता

कपिलवस्तु / कपिलवस्तुमा नुहाउन गएका तिन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा १५ वर्षीया तारा कहार, ८ वर्षीया खुब्बु रैदास र २५ वर्षीया तारामती कहार रहेका छन् । उनीहरु शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को वेथी नदीको वेलभरिया सन्तघाटबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु तीजको अवसरमा वेथी नदीमा नुहाउन गएका हुन् । डुबेर बेपत्ता भएका उनीहरुको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button