तपाईँ सुन्दै हुनुहुन्छः

आयात बढेपछि अन्तशुल्क वृद्धिः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशले धान्न नसक्ने गरी सवारी साधनको आयात बढेपछि सवारी साधानमा करको दायरा तथा अन्तशुल्क बढाइएको बताउनु भएको छ ।

मंगलबार काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको नाडा अटो शोको उद्धघाटन गर्दै अर्थमन्त्री खतिवडाले अधिकतम भन्सार दर ८० प्रतिशत भन्दा बढी नलगाउने भनेको तर सवारी साधनको ८० आयातको चाप धान्न नसकेका कारण अन्त शुल्कमा जानुपरेको उल्लेख गर्नु भयो ।

राजश्वको बैंकल्पिक स्रोतहरुको विकास हुदै जाँदा अटो मोबाइमा मात्रै कर लगाएर राजश्व उठाउने सरकारको प्राथमिकता नरहेको पनि अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन सरकारको प्राथमिकतामा रहेको र विद्युतीय सवारी साधनका उद्योग सञ्चालन गर्दा सरकारले २० देखि २५ प्रतिशतको छुट दिने व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

देशभित्रै गाडी ‘एसेम्बल’ गर्ने उद्योगी व्यवसायीलाई कर छुट दिने समेत सकिने भन्दै एसेम्बलिङ प्लान्ट निर्माण गर्न व्यवसायीहरुलाई अर्थमन्त्री खतिवडाले आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button