तपाईँ सुन्दै हुनुहुन्छः

उपाधिका लागि उज्वेकिस्तान र कीर्गिजिस्तान भिड्ने

अजय बम । नेपालमा जारी एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि उज्वेकिस्तान र कीर्गिजिस्तान भिड्ने भएका छन ।

विहिबार भएको सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई तीन शुन्यले हरायो भने कीर्गिजस्तानले पनि तुर्कमेनिस्तानलाई तीन शुन्यकै सोझो सेटमा पाखा लगायो ।

लगनखेल स्थित आर्मीको कोर्टमा भएको सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई २५–१९, २५–२० र २५–२१ को सेटमा हरायो । एकतर्फी जस्तो बनेको खेलको पहिलो सेट देखि नै उज्वेक टिमले माल्दिभ्लाई दबाव दिन सुरु गरेको थियो ।

अब प्रतियोगिताको तेस्रो स्थानका लागि माल्दिभ्स र तुर्कमेनिस्तान खेल्नेछन । यता समुह चरणबाट नै बाहिरिएको नेपालले भने पाँचौ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button