तपाईँ सुन्दै हुनुहुन्छः

जापानले तोक्यो नेपाली कामदारका लागि भाषा र सीप परीक्षणको मिति, कहिले हुँदैछ ?

काठमाडौं । जापानले नर्सिङ केयर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ ।

कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षणका लागि मिति तय गरेको हो । यस क्याटेगोरीको कामका लागि पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।

भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button