तपाईँ सुन्दै हुनुहुन्छः

आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।  विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

यसैले होला शिव उपाशक भक्तजनहरु साउनको हरेक सोमबार बोलबम काबर यात्रा गर्ने गर्दछन् ।शिब उपाशक भक्तजनहरुले गेरु वस्त्रमा खालि खुट्टाले पैदल यात्रा गर्दै, सफा र स्वच्छ जलाशयसम्म पुगी जल भरेर पशुपतिनाथको शिवलिंगमा चढाउने प्रचलन छ ।साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button