तपाईँ सुन्दै हुनुहुन्छः

उखुको उचित मुल्य निर्धारण नहुदा किसानहरु मारमा

राकेश गुप्ता, सर्लाही । सरकारले समयमा उखुको उचित मुल्य निर्धारण नगर्दा किसानहरु मारमा परेका छन् ।

किसानहरुले उत्पादन गरेका उखु चिनी उद्योगीहरुले उधारोका रुपमा लिने र उधारो भुक्तानी गर्न वर्षो लगाउने गरेकाले पनि उखु किसान थप मारमा परेका छन् ।

वर्षेनी उखुको उचित मुल्य निर्धारण नहुने र विक्री गरेको उखुको समयमा भुक्तानी नपाउनेजस्ता समस्या झेल्दै आएका किसानहरु यस वर्षपनि चिनी मिल र बिचौलियाको चपेटामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button