तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

उहाँले आज प्रदेशसभा बैठकबाट विश्वासको मत पाउनुभएको हो । मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादी एक सहित २३ जना सांसदले मतदान गर्नुभएको हो । उहाँको विपक्षमा १२ जना नेपाली काँग्रेसका सांसदले मतदान गर्नु भएको थियो भने एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तटस्थ बस्नु भएको थियो । 

४० सदस्यीय प्रदेशसभामा बिहीबार ३६ सांसद मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री कँडेलले  चैत २७ गते कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो । यसअघि नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा, नेपाली काँग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनी सक्नुभएको छ । 

मुख्यमन्त्री नियुक्त भएको आज १६ औँ दिनमा कँडेलले विश्वासको मत पाउनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button