तपाईँ सुन्दै हुनुहुन्छः

देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षा हुने

काठमाडौं, २५ साउन । केहि दिनयता बिसाएको मनसुन फेरि दोहोरिने मौसमविद्हरुले बताएका छन् ।

आज (शनिबार) देशका अधिकांश स्थानमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले पहाडी भेगमा भारी वर्षा हुन सक्ने बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो छ मौसमी विश्लेषण
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थानमाको रूपमा रहेको छ ।

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २५ गते शनिबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

श्रावण २६ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

श्रावण २७ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button