तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशुली नदिमा बस खस्यो, एकै परिवारका तीनको मृत्यु

धादिङ-धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहमपुरी गाउँपािलका ४ त्रिभुवन नगरका राजनारायण रौनीयार,भतिजो सौरभ रौनीयार र शोभा रौनीयार रहेको छन् ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । ३८ जना यात्रु सवार बसमा १६ जना घाइते भएका छन् । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button