तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रापालक कृषकलाई रकम अनुदान

पोखरा/ हानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।

पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु. २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।

वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पार्नुभयो । उहाँले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताउनुभयो ।

वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताउनुभयो ।

वडाका माझठाना, सौर्य लगायतका गाउँहरुमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उहाँले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवद्र्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरुलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button