तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

बाग्लुङ । भारी वर्षाका कारण सडक माथिदेखि पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पूर्व पश्चिम मध्य पहाडी लोकमार्गको बुर्तिबाङ रुकुम खण्डको विभिन्न स्थानमा पहिरो खस्दा लोक मार्ग अवरुद्ध बनेको हो ।

उक्त खण्डको निसीखोला गाउँपालिकाको देविस्थान, बडावनखोला, निसी, भल्कोटलगायतका स्थानहरुमा सडक माथिदेखि ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको निसीखोला गाउँपालिकाकी उपाध्यक्ष शोभा कुमारी कार्कीले जानकारी दिइन ।

लोकमार्गको कतिपय स्थानमा माथिदेखि पहिरोले सडक पुरिएको छ भने कतिपय स्थानमा सडकभन्दा तलदेखि खोलाले तानेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button