तपाईँ सुन्दै हुनुहुन्छः

ओद्योगिक पार्कको डी पी आर बनाउन बोर्डको स्वीकृति

भुवनप्रसाद आचार्य । लगानी बोर्डको आजको बैठकले झापाको दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन ( डी पी आर ) तयार पार्न स्वीकृत प्रदान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विराटनगर र जनकपुरमा लजिस्टिक पार्क निर्माण गर्ने स्वीकृति प्रदान गरेको छ ।

त्यसै गरी बैठकले तमोर जलाशय युक्त जलविद्युत आयोजनाको लागि लगानी सम्मेलनको क्रममा परेका ५ प्रस्ताव मध्ये छनौटमा परेका २ प्रस्तावकलाई २१ दिन भित्र शिलबन्दी प्रस्ताव माग गर्ने निर्णय पनि गरेको छ ।

बैठकको निर्णयका बारेमा जानकारी गराउदै लगानी बार्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयेजना र प्रस्तावहरु समयमा प्रभावकारी रुपमा सम्पन्न गर्ने गरी कार्य योजना अघि बढाउन निर्देशन दिनु भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button