तपाईँ सुन्दै हुनुहुन्छः

नख्खु कारागारमा कैदीबन्दीबीच झडप, एक कैदीको मृत्यु

काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा एक कैदीको मृत्यु भएको छ । आज भएको झडपमा परि कैदी पूर्णबहादुर रादीको मृत्यु भएको हो ।

कोमलकुमार महतोले पूर्णबहादुर रादीलाई आक्रमण गरेका थिए । महतोले सिमेन्टको ब्लकले हानेका थिए । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमण गर्ने दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । अहिले घटनास्थलमा पुगेको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button