तपाईँ सुन्दै हुनुहुन्छः

चार्ज गरिरहेको मोबाइल चलाउँदा एकजना किशोरको मृत्यु

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एकजना बालकको आज मृत्यु भएको छ ।
प्रदेश नं. १ को प्रदेश प्रहरी कार्यालय, विराटनगरले दिएको जानकारी अनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button