तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा घटनामा दुईजनाको मृत्यु

भक्तपुर । भक्तपुरमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका–८, चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८, कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७m बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैगरी, गएराति नै मध्यपुरथिमी–३, गठ्ठाघरमा भक्तपुरबाट काठमाडाँैतर्फ आउँदै गरेको ना६त ८६८ नंको ट्र्याक्टरमा काठमाडौंतर्फ नै आउँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नं. को माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापाती गाउँपालिका–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर, काठमाडाँैमा उपचार भइरहेको छ ।
घटनामा उदयपुर कटारी घर भई हाल जडीबुटी बस्ने ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ भने फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएकोे छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button