तपाईँ सुन्दै हुनुहुन्छः

एनसेलको टावरमा आगजनी

मेलम्ची-मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति १ बजेतिर अज्ञात समुहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । दु

ई वटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आग्जनी गरिएको दर्नालनको भनाइ छ । घटनाको जानकारी पाउनासाथ प्रहरी पुगेर धेरै क्षति हुनबाट बचाएको प्रहरीको भनाइ छ । देशका विभिन्न ठाउँमा नेपाल सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहले गएराति नै एनसेलको टावरमा आक्रमण गरेको हुनाले त्यहाँ पनि विप्लव समुहको हात हुनसक्ने प्रहरीले जनाएको छ ।

आक्रमणको विप्लव समुहले अहिलेसम्म जिम्मा लिएको छैन्। मंगलबार राति पनि मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको छ । त्यसको पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button