तपाईँ सुन्दै हुनुहुन्छः

१३औं दक्षिण एशियाली खेलकुद तोकिएकै समयमा सम्पन्न गरिने

तुलुसी सापकोटा, काठमाण्डौ । युवातथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले आगामी मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारीलाई तिव्र पारिएको बताउनु भएको छ ।

शिक्षातथा स्वास्थ्य समितिमा १३औं दक्षिण एशियाली खेलकुदको तयारी सम्बन्धमा आज भएको छलफलमा मन्त्री विश्वकर्माले खेल मैदानको पूर्वाधार निर्माण मुख्य चुनौति रहेको भएपनि समयमा खेल सम्पन्न गर्ने गरी काम तिब्र पारिएको जानकारी दिनुभयो ।

उहाँले काठामाडौंको दशरथ रंगशाला, पोखरा रंगशाला र ललितपुरको सातदोवाटो स्थित खेलमैदानको पूर्वाधार निर्माणको विकल्प नभएको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३औं दक्षिण एशियाली खेलकुद आयोजनाका लागि आगामी कार्तिक १५ सम्ममा आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भैसक्ने जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button